पोखराबाट उडेको तारा एयरको जहाज सम्पर्क विहीन
काठमाडौं । पोखराबाट जोमसोम उडेको तारा एयरको ९ एन एईटी ट्विनअटर विमान सम्पर्कविहीन भएको छ । १९ जना यात्रु लिएर विहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको जहाज सम्पर्कविहीन भएको हो ।
उक्त विमानमा पाइलट प्रभाकर घिमिरे रहेको बताइएको छ । तारा एयरका एक अधिकारीका अनुसार अवतरण गर्ने समय भएपनि जहाज अहिलेसम्म सम्पर्कमा नआएको र जहाजबारे खोजविन सुरु भएको जनाएको छ । तारा एयरको जहाजमा १६ नेपाली र भारतीय नागरिकसहित ६ जना विदेशी रहेको खुलेको छ ।












