१३ श्रावण २०८३, बुधबार

तारा एयरको विमान मानापाथी हिमालको फेदीमा दुर्घटनाग्रस्त भएको पुष्टि



काठमाडौं । आइतबार विहान ९ः५५ बजे पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको तारा एयरको ९एनएईटी जहाज फेला परेको छ । विमान मुस्ताङको मानापाथी हिमालको फेदीमा रहेको भेटिएको हो ।

स्थानियहरुका हिमालको फेदमा पहिरो गइरहेको ठाउँ मुनि जहाज दुर्घटना भएको खबर पश्चित सुरक्षा कर्मी अहिले उक्त स्थलमा गइरहेको नेपाल सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले बताए । उक्त विमानमा १३ नेपाली, चार भारतीय र दुई जर्मनीका नागरिक गरी १९ यात्रु तथा चालक दलका तीन सदस्य सवार रहेको जनाइएको छ ।

घटनाको क्षेति बारे विवरण आउन बाँकी रहेको छ ।