१३ श्रावण २०८३, बुधबार

खानेपानी क्षेत्रका लागि ३७ अर्ब ३५ करोड विनियोजन



काठमाडौं । सरकारले खानेपानी क्षेत्रको लागि ३७ अर्ब ३५ करोड रुपैयाँ विनियोजन गरेको छ । आइतबार आगामी आर्थिक बर्ष २०७९–८० को बजेट पेश प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले खानेपानी आपूर्तीको लागि उक्त बजेट छुट्याइएको जनाएको हो ।

त्यस्तै १ हजार घरधुरी लाभान्वित हुने खानेपानी आयोजना स्थानीय जनसहभागितमार्फत कार्यान्यन गरिने र पुर्वस्वीकृति लिएर जनसहभागितामा उपभोक्ताहरुले खानेपानी योजना निर्माण गरेमा गुणस्तर र आयोजनाको दिगोपन मुल्यांकन गरी लागतको अधिकतम ८० प्रतिशत सम्म भुक्तानी दिने व्यवस्था मिलाईएको छ ।