१३ श्रावण २०८३, बुधबार

बाँदरहरुलाई कसरी तह लगाउने त्यो प्रक्रिया त अब सिक्नै पर्छ बालेन जी: गिरि



काठमाडौं । चर्चित कलाकार दिपकराज गिरिले काठमाडौं महानगरपालिकाका वडा अध्यक्षहरुलाई बाँदरको संज्ञा दिएका छन् । सोमबार उनले सामाजिक संञ्जाल मार्फत बाँदरको संज्ञा दिएका हुन ।

महानगरपालिकाको बैंठकमा बालेन साहलाई वडाध्यक्षहरुले प्रक्रिया सिक्नुपर्ने भने पछि गिरिले सामाजिक सञ्जाल मार्फत ‘प्रक्रिया सिकेर आउनु पर्छ सही हो, कुरा एकदम ठिक हो । बाँदरहरु कसरी तह लगाउने त्यो प्रक्रिया त अब सिक्नै पर्छ बालेनजी’