१४ श्रावण २०८३, बिहिबार

कामना सेवा विकास बैंकद्वारा डिजिटल बैकिङ्ग प्रवद्र्धनको लागी अनलाइन वेबिनार कार्यक्रम सम्पन्न



काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो ग्राहकहरुलाई डिजिटल बैंकिङ्ग सम्बन्धी जानकारी तथा यसको उचित प्रयोग सम्बन्धी ज्ञान प्रदान गर्ने उद्देश्यले जुम मार्फत जेठ २१ गते अनलाइन वेबिनार सम्पन्न गरेको छ । बैंकले यस्तो कार्यक्रम हरेक महिना सञ्चाल गर्दै आइरहेको छ ।

उक्त कार्यक्रममा बैंकका कर्मचारीले विल भुक्तानी गर्ने, अनलाइन खाता खोल्ने, सामाजिक सञ्जाल मार्फत बैंकिङ्ग कारोबार गर्ने, अन्तर बैंकिङ्ग रकम ट्रान्सफर गर्ने जस्ता विभिन्न बैंकिङ्ग कारोबारहरु कसरी डिजिटल माध्यमद्वारा गर्न सकिन्छ भन्ने जानकारी गराउनका साथै कसरी सुरक्षित डिजिटल कारोबार गर्ने भन्ने जस्ता महत्वपुर्ण जानकारीहरु प्रदान गरिएको थियो ।

बैंकले आफनो वित्तीय साक्षरता अन्तर्गत सो कार्यक्रम संचालन गरेको र आगामी दिनहरूमा पानी थप प्रभावकारी रूपमा यस्ता कार्यक्रमहरू सञ्चालन गर्दै जाने बताएका छन ।