स्रोत नखुलेको नगद सहित एक भारतिय नागरिक पक्राउ
काठमाडौं । सर्लाही जिल्लाको ब्रह्मपुरी गाउँपालिका–४ स्थित सडकबाट स्रोत नखुलेको नगद सहित एक जना भारतिय नागरित प्रक्राउ परेका छन् । भारत सितामढी ग्राम सोनबर्सा–२ बस्ने ४० वर्षीय विश्वनाथ महतोलाई ७ लाख ५० हजार रूपैयाँ सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
भारतको सोनबर्साबाट नेपालतर्फ आउँदै गरेको बिआर ३० ई ३९१४ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी त्रिभुवननगरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा लुकाई ल्याएको उक्त नगद फेला पारी चालक महतोलाई पक्राउ गरेको हो ।
उक्त सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेका प्रहरीले जनाएको छ ।












