१४ श्रावण २०८३, बिहिबार

मुक्तिनाथ विकास बैंकको सन्देश: समय सँगै परिवर्तनको आवश्यकता ( भिडियो)



काठमाडौं । मुक्तिनाथ विकास बैंकले समय सँगै परिवर्तनको आवश्यकता रहेको डिजिटल बैंकिङ्गको साक्षरताकोे जनचेतनाका लागि सन्देशमुलक भिडियो सार्वजानिक गरेको छ ।

सार्वजनिक भिडियोमा, जसरी एक आमाले आफ्नो सन्तानलाई सानै देखि हरेक पाइलामा साथ दिँदै बोल्न, हास्न, हिड्न सिकाउँछिन् , त्यसगरि सन्तान ठूलो भएपछि उसको कर्तव्य पनि आफनो आमाको सहायता गर्नु हो भनेर देखाइएको छ । आमालाई नजानेका कुरा सिकाउनु जस्तै डिजिटल बैंकिङ्गको प्रयोग पनि सन्तानको कर्तव्य हो भन्ने सन्देश यस भिडियोले दिएको छ । सिकाइको लागि कुनै उमेरको सिमा नराख्दा साक्षरता बढ्छ ।

अहिलेको युगमा बैंक तथा वित्तीय संस्था सम्बन्धी विभिन्न कारोबारहरु डिजिटल बैंकिङ्ग मार्फतनै हुनेगरेका छन् । कति व्यक्तिहरुलाई यो सहज लागे पनि धेरै वृद्ध – वृद्धा र सामान्य पढेका व्यक्तिहरुको लागि भने डिजिटल बैंकिङ्ग सोचेभन्दा गाह्रो हुन पनि सक्छ । बैंकमा खाता र हातमा स्मार्टफोनको सहायताले विभिन्न काम जस्तै भुक्तानी, रिर्चाज, फण्ड ट्रान्सफर, आदि जस्ता कार्यहरु सजिलै एकै ठाँउमा बसेर गर्न सकिन्छ र यस्को साक्षरताले सबैलाई फाइदा पुग्ने सन्देश यस भिडियो मार्फत बैंकले दिन खोजेको छ ।

साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम मिसेन प्रयोग गरी नेपालभरी रहेको भिषा नेटवक आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मिसेन बाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । त्यसै गरी प्रिपेड डलर कार्ड , मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ्ग जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।