नारायणी डेभलपमेन्ट बैंकले १ः१ अनुपातमा हकप्रद निष्काशन गर्ने, प्रस्ताब पारित गर्न बोलायो विशेष साधारणसभा - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

नारायणी डेभलपमेन्ट बैंकले १ः१ अनुपातमा हकप्रद निष्काशन गर्ने, प्रस्ताब पारित गर्न बोलायो विशेष साधारणसभा



काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले हकप्रद शेयर जारी गर्ने भएको छ । बैंकले हकप्रद शेयर जारी गरेर चुक्ता पूँजी वृद्धि गर्ने भएको हो । बैंकको हाल कायम चुक्ता पूँजी २६ करोड २४ लाख ६७ हजार ६ सय रुपैयाँको १ः१ अनुपातमा हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको हो ।

बैंकले हकप्रद शेयर निष्काशन पश्चात् चुक्ता पूँजी ५२ करोड ४९ लाख ३५ हजार २ सय रुपैयाँ पुग्नेछ ।

बैंकले १ः१ अनुपातमा हकप्रद शेय निष्काशन गर्ने प्रस्ताव सहित आफ्नो विशेष साधारण सभा समेत आह्वान गरेको छ । बैंकको जेठ २३ गते बसेको सञ्चालक समितिको बैठकले विशेष वार्षिक साधारण सभा असार ८ गते, होटल पौवा चितवनमा बिहान ११ बजे बोलाएको हो ।

बैंकले विशेष साधारण सभा प्रयोजनार्थ जेठ ३० गते एकदिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, जेठ २९ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम रहेका शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्