१४ श्रावण २०८३, बिहिबार

९ स्थानमा कुनै पनि बेलामा इन्टरनेट सेवा बन्द हुन सक्छ: इन्टरनेट सेवा प्रदायक संघ



काठमाडौं । नेपाल विद्युत प्राधिकरणले पोलभाडा सम्बन्धमा उच्च स्तरिय समितिले दिएको प्रतिवेदन कार्यान्वयन नगरी उल्टो दिशा तर्फ गैरकानुनी ढङ्गले हाम्रा इन्टरनेट प्वाइन्ट – डाटा सेन्टल, पिओपि र दूरसञ्चार उपकरण चलिरहेका ठाउँमा घरबेटी समेतको विद्युत लाईन काट्ने कार्य निरन्तर रुपमा गरिरहेको छ ।

नेपाल विद्युत प्राधिकरणले ९ स्थानमा विद्युत लाईन काट्नाले त्यहाँ ब्याकअप प्रणालीको प्रयोग भइरहेको छ । ब्याकअप प्रणालीले गर्दा मात्रै उक्त स्थानहरुमा इन्टरनेट चलिरहेको अवस्था रहेको छ ।

ब्याकअप प्रणालीले धान्न छोडे पछी इलाम, बिराटनगर, खोटाङ्ग, गाईघाट, इनारुवा, धरान, धुवही, लहान र डोटीमा कुनै पनि समयमा इन्टरनेट सेवा अवरुद्ध हुन सक्ने कुरा इन्टरनेट सेवा प्रदायक संघले जनाएको छ ।