१५ श्रावण २०८३, शुक्रबार

बैंकिङ कसूर मुद्दाका फरार २ जना प्रतिवादी पक्राउ



काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार २ जना ब्यक्तिलाई प्रहरीले प्रक्राउ गरेको छ । प्रतिवादीहरू काठमाडौं महानगरपालिका–३१ बानेश्वर बस्ने सुनसरी धरान उपमहानगरपालिका–१७ ठेगाना भएकी ४२ वर्षीया कविता सुब्बा र काठमाडौं बानेश्वर बस्ने सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–९ ठेगाना भएकी ३९ वर्षीया लिना श्रेष्ठ गिरीलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

कवितालाई उच्च अदालत पाटनबाट २०७६ फागुन ६ गतेको फैसालाले उक्त मुद्दामा १५ दिन कैद र ५० लाख रूपैयाँ जरिवाना तथा लिनालाई २०७६ माघ १९ गतेको फैसालाले १५ दिन कैद र ५४ लाख ५० हजार रूपैयाँ जरिवाना ठहर भएको थियो ।

नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले कवितालाई काठमाडौं कालोपुल र लिनालाई काठमाडौं नयाँवस्तीबाट पक्राउ गरेको हो । उनीहरूले आफ्नो बैंक खातामा पर्याप्त मौज्दात नभएको भनी जानीजानी पीडितलाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै अदालतले उक्त फैसाला गरेको हो ।