नुवाकोटको तारेश्वर गाउँपालिकाले सुरू गर्याे नि:शुल्क हटलाइन सेवा
काठमाडौं । नुवाकोटको तारेश्वर गाउँपालिकाले नि:शुल्क हटलाइन सेवाको शुरू गरेको छ । गाउँपालिकाका स्थानियहरुको गुनासा तथा सल्लाह सुझाबलाई टिपाउन उक्त सेवाको सुरुवात गरेको हो ।
गाउँपालिका अध्यक्ष शिव अधिकारीले बिहीबारदेखि हटलाइन सेवाको शुभारम्भ गरेका हो। दाङसिङ स्थित गाउँ कार्यपालिकाको कार्यालयमा स्थापित हटलाइन सेवा केन्द्रको उद्घाटन गर्दै उनले सेवालाई प्रभावकारी ढङ्गले सञ्चालन गर्ने बताए । अब गाउँपालिका भरीका स्थानियले २४ सै घण्टा हटलाइन सेवा दिन कर्मचारीको ब्यवस्था सहित विनाशंकोच आफ्ना गुनासा वा सल्लाह सुझाब टिपाउन सक्नेछन् ।
जनताको सल्लाह सुझाब संकलन गर्ने र जनगुनासोलाई कदर गर्दै जनताका समस्या तत्काल समाधान गर्ने उद्देश्यले हटलाइन सेवा सुरु गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाभित्र एम्बुलेन्स, प्रहरीजस्ता अत्यावश्यकीय सेवा लिन पनि हटलाइनको प्रयोग गर्न सकिने छ । हटलाइन सेवाका लागि टोल फ्री नम्बर १६६००१४५२२२ दिइएको छ । तारकेश्वरवासीले यो नम्बरमा चौबिसै घण्टा फोन गर्न सकिनेछ ।













