१४ श्रावण २०८३, बिहिबार

फेरी बढायो सरकारले सार्वजनिक यातायातको भाडा, कुन ठाउँ जान कति ?



काठमाडौं । नेपाल आयल निगमले बिहिबार डिजेलको मूल्यमा १२ रुपैयाँ बढाएसँगै आज सरकारले सार्वजनिक यातायातको भाडा पुनः वृद्धि गरेको छ । यातायात व्यवस्था विभागले शुक्रबार एक सूचना प्रकाशित गर्दै अन्तर प्रदेश यातायातका यात्रुबाहक तथा मालबाहक सवारीको भाडादर बढेको जानकारी गराएको हो ।

११ जेठमा मात्रै विभागले गाडी भाडा २ प्रतिशत घटाएको थियो । इन्धनको मूल्य थपघटका आधारमा एकै पटक ५ प्रतिशतले बढेमा वा घटेमा भाडा समायोजना गर्ने नीति रहेको समेत विभागले जनाएको छ ।

विभागका अनुसार यात्रुबाहक सवारीको हकमा २.५ प्रतिशत भाडा बढेको छ । पहाडी बाटोमा चल्ने मालबाहक सवारीको हकमा ३.३ प्रतिशत र तराईको बाटोमा चल्ने मालबाहक सवारीमा ३.७ प्रतिशत मूल्य बढेको विभागले जनाएको छ ।

अब कुन ठाउँ जान कति लाग्छ थाहा पाउन तलको लिङ्कमा क्लिक गर्नुहोस ।

https://drive.google.com/file/d/1x-RR7-Jb6YtYjPWoKxm0sDJiu-my6pzc/view