बजाजको ‘बजाज पाँचको पन्च’ अन्तर्गत अधिकारीले जितिन १० लाख रुपैयाँ
काठमाडौं । हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा लि, नेपालमा सर्वाधिक बिक्री हुने बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक भइरहेको छ ।
कम्पनीले नयाँ वर्ष २०७९ को अवसरमा आफ्ना ग्राहकहरुका लागि “बजाज पाँचको पन्च” नामक ग्राहक योजना सञ्चालन गरेको थियो । यहि जेठ २७ गते सोहि योजनाको बम्पर पुरस्कार विजेताको घोषणा गरिएको थियो । बम्पर पुरस्कार बापत १० लाख रुपैयाँ नगद पुरस्कार उर्लाबारीकी तुलसा देवी अधिकारीले जितेकी छन् । उनले उर्लाबारी स्थित गणेश ट्रेडलिंकबाट मोटरसाईकल खरिद गरेका थिइन ।
यस योजना अन्तर्गत बजाजकोे बाईक खरिदगर्दा एकैजनाले पाँचपटकसम्म पुरस्कार जित्नसक्ने ब्यवस्था गरिएको थियो ।













