बाम एकता र गठबन्धनको कुरा माओवादीको नाङ्ग्लो ठटाएर हात्ति तर्साउने रणनिति हो: ऐन महर
काठमाडौं । नेकपा एमालेका केन्द्रिय कमिटि सदस्य तथा अनेरास्ववियुका पूर्व अध्यक्ष ऐन महरले बाम एकता र बाम गठबन्धनको कुरा माओवादीको नाङ्ग्लो ठटाएर हात्ति तर्साउने रणनिति भएको बताएका छन् । उनले सामाजिक संजाल मार्फत आज यस्तो बताएका हुन ।
महरले कांग्रेसलाई शिरमा राखेर हिड्ने नेकपा माओवादीका अध्यक्ष पुष्प कमल दाहाल प्रचन्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल कम्युनिष्ट नभएको समेत उल्लेख गरेका छन् । संघीय चुनावमा एमालेसँग गठबन्धन हुने हल्ला चलि रहेको बेला महरले “कांग्रेसलाई शिरमा राखेर हिड्ने प्रचण्ड र माधव नेपाल कम्युनिष्ट हुँदै होइनन । त्यसैले निर्वाचन अघि यो सम्भव छैन। भ्रममा नपरौं” भनि समाजिक सजालमा उल्लेख गरेका छन् ।












