नेप्सेमा निरन्तर पहिरो, १ अर्ब १८ करोडमा कारोबार खुम्चिदा १३ वटै उपसूचक राताम्य
काठमाडौं । शेयर बजारमा निरन्तर ओरालो लागि रहेको छ । साताको तेस्रो कारोबारको दिन समेत नेप्सेमा पहिरो गएको छ । सरकारले पूँजी बजार सुधारका लागि ४ जनाको समिति गठन गरेको भएपनि शेयर बजारमा आजै सुधार आउन सकेको छैन । मौद्रिक नितिको तेस्रो समिक्षा पश्चात घटेको शेयर बजार आजै सुधार हुन आंकलन गरीएको छैन । पूँजी बजार अजै सुधार नआए पश्चात लगानीकर्ता आन्दोलित भएका छन् ।
अर्थमन्त्री जनार्दन शर्मालाई नेकपा एमालेले राजीनामा माग सगसँगै माओवादी भित्र समेत अर्थमन्त्री परिवर्तन गर्ने कुरा चले पछि अर्थमन्त्री परिवर्तन हुने कुराले समेत शेयर बजार प्रभावित भएको आंकलन गरिएको छ ।
मंगलबार नेप्से परिसूचक ३६.०७ अकंले घटेर १९९६.२६ बिन्दुमा बन्द भएको छ । सोमबार भने नेप्से परिसूचक १५.८२ अकंले घटेर २०३२ .३४ बिन्दुमा आएर बन्द भएको थियो ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २३२ कम्पनीको ४१ लाख ४७ हजार २५५ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब १८ करोड ५५ लाख ४६ हजार १७९ रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबारको दिने भने पूँजीबजारमा नेप्सेमा सूचीकृत २३० कम्पनीको २९ लाख २० हजार ७०५ कित्ता शेयर किनबेच हुदाँ ९९ करोड ८६ लाख ७४ हजार २६२ रुपैयाँको कारोबार भएको थियो ।
मंगलबार नेप्सेमा भारी गिरावट आइ कारोबार समेत खुम्चिदा १३ वटै उपसूचक राताम्य भएका छन् । आज बैकिङ समूहको ०.८९ प्रतिशत, ब्यापार समूहको ३.१२ प्रतिशत, होटल तथा पर्यटन समूहको १.७६ प्रतिशत, विकास बैंक समूहको २.१८ प्रतिशत, हाइड्रोपावर समूहको २.७६ प्रतिशत, फाइनान्स समूहको २.१ प्रतिशत, निर्जीवन बीमा समूहको २.८९ प्रतिशत, म्यानुफ्याक्ट्ररिङ एण्ड प्रोसेसिङ समूहको १.३९ प्रतिशत, अन्य समूहको ३.४४ प्रतिशत, माइक्रोफाइनान्स समूहको १.७९ प्रतिशत, जीवन बीमा समूहको १.९४ प्रतिशत, म्युचुअल फण्ड समूहको ०.९६ प्रतिशत र इन्भेष्टमेन्ट समूहको १.६४ प्रतिशतले घटेको हो ।













