१४ श्रावण २०८३, बिहिबार

स्वाभिमान लघुवित्तको १ लाख २० हजार कित्ता शेयर बिक्रीमा



काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । लघुवित्तले संस्थापक समूह तर्फको १ लाख २० हजार ८५ कित्ता संस्थापक शेयर विक्री गर्ने लागेको हो ।

लघुवित्तका संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो ।

उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (जेठ ३१ गते) ले ३५ दिन भित्र बैंकको केन्द्रीय कार्यालय तिलोत्ता ५ रुपन्देहीमा आवेदन दिन सकिनेछ ।

साथै, उक्त समय अवधिमा शेयर खरीद गर्न निवेदन नआएमा अन्य प्रचलित कानून तथा नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम अन्य व्यक्ति वा संस्थालाई विक्री गर्ने बैंकले जनाएको छ ।