तपाईको खातामा आयो ३० प्रतिशत हकप्रद शेयर ? आएको छैन् भने यसो गर्नुहोस् - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

तपाईको खातामा आयो ३० प्रतिशत हकप्रद शेयर ? आएको छैन् भने यसो गर्नुहोस्



काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद शेयर हितग्राही खातामा पठाउन थालेको छ । बैंकले बिक्री गरेको ३० प्रतिशत हकप्रद शेयर लगानीकर्ताको हितग्राही खातामा जम्मा गरेको हो ।

कम्पनीले २०७८ माघ २० गतेसम्म शेयर अभौतिकिकरण गराएका लगानीकर्ताको खातामा शेयर जम्मा गरेकोर र सो मितिपश्चात् शेयर अभौतिकिकरण गराएकालाई क्रमश शेयर पठाईने कम्पनीले जनाएको छ । शेयर अभौतिकिकरण नगरेका शेयरधनीहरुले भने अभौतिकिकरण गर्न आग्रह गरेको छ । शेयर रजिष्ट्रार प्रभु क्यापिटलमा गई शेयर अभौतिकिकरण गराउन कम्पनीले आग्रह गरेको हो ।

शेयर धितो राखी कर्जा लिएको भए शेयर रोक्का नै हुने गरि बोनस शेयर जम्मा गरिएको र कर्जा तिरिसकेको भए बैंक वित्तीय संस्थामा सम्पर्क गरि रोक्का फुकुवा गराउन कम्पनीले आग्रह गरेको छ ।


प्रतिक्रिया दिनुहोस्