बुधबार दुई कम्पनीको शेयरमा सर्किट, यी लगानीकर्ताले कमाए-गुमाए - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

बुधबार दुई कम्पनीको शेयरमा सर्किट, यी लगानीकर्ताले कमाए-गुमाए



काठमाडौं । साताको चौथो दिन शेयर बजारमा भारी गिरावट आएको छ । बुधबार नेप्से परिसूचक २९.८९ अकंले घटेर १९६६.३७ बिन्दुमा बन्द भएको हो ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२९ कम्पनीको ४१ लाख ८२ हजार ३६९ कित्ता शेयर किनबेच भएको हो । नेप्सेमा गिरावट आउदा समेत कारोबार १ अर्ब ४९ करोड १७ लाख ५८ हजार ८१७ रुपैयाँमा सिमित भएको छ ।

नेप्सेमा भारी गिरावट आएसँगै शेयर बजारमा कारोबार समेत आसै सुधार आउन सकेको छैन । बुधबार २ कम्पनीको शेयरमा सर्किट लागेको छ । आज आधिखोला लघुवित्त र सिवाईसि लघुवित्तको शेयरमा सर्किट लागेको हो । साथै, ग्लोबल आइएमइ बैंक डिबेञ्चरको २ प्रतिशत, मितेरी लघुवित्तको १.९२ प्रतिशत र साधना लघुवित्तको १.९२ प्रतिशतले शेयर बढेको हो ।

त्यस्तै, आज सर्वाधिक गुमाउने कम्पनीमा बलेफी हाइड्रोपावर रहेको छ । कम्पनीको शेयर आज ८.७६ प्रतिशतले घटेको हो । साथै, लाइफ इन्स्योरेन्स कर्पोरेसनको ८.२६ प्रतिशत, माउन्टेन हाइड्रो नेपालको ५.८९ प्रतिशत र शिखर इन्स्योरेन्सको ५.२५ प्रतिशतले शेयर घटेको हो ।


प्रतिक्रिया दिनुहोस्