आइएमईको ‘जोड्दै छ नाता’ अफर सार्वजनिक, के छ सुविधा ?
काठमाडौँ । ईन्टरनेशनल डे अफ फेमिलि रेमिटेन्सको अवसरमा आइएमईले सेवाग्राहीमैत्री “जोड्दै छ नाता” अफर सार्वजनिक गरेको छ । अफर अनुसार ईन्टरनेशनल डे अफ फेमिलि रेमिटेन्सलाई लक्षित गरी आइएमईले विदेशबाट बैंक डिपोजिट गर्ने पाँच (५) जना भाग्यशाली सेवाग्राहीहरुलाई प्रतिव्यक्ति २२ हजार(कर वाहेक) उपलब्ध गराउने छ ।
यो अफर ईन्टरनेशनल डे अफ फेमिलि रेमिटेन्सका रुपमा मनाईने १६ जुन २०२२ एकदिनका लागि मात्र लागू हुनेछ । संयुक्त राष्ट्र संघले विदेशमा श्रम गर्न जाने करौडौं नागरिकहरूले रेमिटेन्स पठाएर आर्थिक संकटलाई पार लगाएको सम्मान स्वरूप यो दिनलाई विशेष दिनको मनाइदै आइएको हो । विकाशोन्मुख देशहरूका लागि रेमिटेन्स जीवन निर्वाहको मुख्य श्रोत हो । यसरी व्यक्ति व्यक्तिले प्राप्त गर्ने रेमिटेन्स देशको अर्थतन्त्रका लागि महत्त्वपूर्ण मानिन्छ । त्यसैले रेमिटेन्स कमाउने विश्वका नागरिकहरूको जीवन सुरक्षा पहिलो प्राथमिकता बन्ने र आप्रवासी नागरिकले कमाएको रेमिटेन्स सुरक्षित ढंगले घरपरिवारको हातसम्म पुग्ने विश्वास कम्पनीले लिएको छ ।
आफ्नो स्थापनादेखि नैे रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पु¥याउन प्रतिबद्व यस कम्पनीले सेवा शुभारम्भको २२औँ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी २ सय ३० आइएमई सेन्टर सहित ७७ जिल्लाका करिव ३५ हजार सव एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् विदेशमा कार्यरत नेपालीहरुले दः ख गरि कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको छ ।













