बिन्ध्यबासिनी हाइड्रोपावरको आईपीओ बाँडफाँट सम्पन्न, लक्कि नम्बर ७ !
काठमाडौं । बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आईपीओ बाँडफाँट सन्पन्न भएको छ । कम्पनीको आईपीओ शुक्रबार बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालय नक्साल काठमाडौंमा बाँडफाँट सम्पन्न भएको हो । आइपीओ बाँडफाँट गर्दा लक्कि नम्बर ७ परेको छ ।
क्यापिटलका अनुसार कम्पनीको आईपीओमा १७ लाख ९१ लाख ८ सय ९५ जनाको आवेदन परेको थियो । जसमा विभिन्न कारणले २ हजार ७ सय ३८ जनाको आवेदन रद्द भएको छ । आवेदन दिएका १७ लाख ८९ हजार १ सय ५७ जनाको मात्रै सदर भएको छ ।
कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकाले गोला प्रथा विधिबाट १० कित्ताका दरले बाँडफाँट गरिएको छ । १० कित्ताका दरले बाँडफाँट गर्दा १ लाख ३६ हजार ५ सय जनाले मात्रै कम्पनीको आईपीओ पाएका छन् । आवेदन दिएका लगानीकर्ताहरुमध्ये १६ लाख ५५ हजार ३ सय ९५ जना आवेदक हात भने रित्तो भएको छ ।
कम्पनीले जेठ २० गतेदेखि जेष्ठ २५ गतेसम्म १ अर्ब ५० करोड रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यका १५ लाख कित्ता साधारण शेयर निष्काशन तथा बिक्री खुला गरेको थियो । जसमध्ये ४ प्रतिशत अर्थात ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ७५ हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि र बाँकी १३ लाख ६५ हजार कित्ता शेयर सर्वसाधारणको लागि छुट्याईएको थियो ।













