१५ श्रावण २०८३, शुक्रबार

चित्रपुस्तक ‘रमाइलो सपना’ प्रकाशित



काठमाडौं । मुस्तफा रुही सिरिनको लेखन र सेरप डेलिओर्मानको चित्राङ्कनमा रहेको पुस्तक रमाइलो सपना प्रकाशित भएको छ । सिरिन टर्कीस लेखक तथा पत्रकार हुन् ।

उनको दुई चित्रकथा नेपाली भाषामा प्रकाशन गरिएको छ। चित्रकार डेलिओर्मान लोकप्रिय चित्रकार हुन् । उनको चित्र थुप्रै चित्रपुस्तकहरुमा चित्राङ्कन गरिएको छ। चित्रकथा रमाइलो सपना टर्कीको ‘नर पब्लिसिङ’ प्रकाशन गृहबाट प्रकाशित पुस्तक हो । उक्त प्रकाशन गृहले १६ वर्षदेखि निरन्तर पुस्तक प्रकाशन गर्दै आइरहेको छ ।

चित्रकथा रमाइलो सपना एउटा मुडुले केटोको कथा हो जो जुक्ति निकाल्न र बठ्याइँ गर्न एकदमै सिपालु हुन्छ । एकदिन ऊ गुलेली लिएर सिकार खेल्न जान्छ र चालिसवटा चराहरु मारेर घर फर्किरहेको हुन्छ । फर्किने क्रममा उसलाई लुटेराहरुको पहरेदारले समात्छ र उसको चराहरु खोसेर लान्छ । आफुले सिकार गरेको चरा लगेको भन्दै केटो अनेकौँ उपाय र तिग्डम अपनाएर चराहरु फिर्ता ल्याउन सफल हुन्छ ।