हिमालयन हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन, कति पर्यो आवेदन ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

हिमालयन हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन, कति पर्यो आवेदन ?



काठमााडौं । हिमालयन हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज (असार १९ गते) अन्तिम दिन रहेको छ । कम्पनीले असार १५ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो ।

उक्त आइपीओमा १ अर्ब ५८ करोड ७१ लाख ९४ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आइतबार बिहान १० बजेसम्ममा १३ लाख ९३ हजार ७०५ जनाले १ करोड ५८ लाख ७१ हजार ९४० कित्ताका लागि आवेदन दिएका छन् । उक्त आवेदन माग भन्दा ८.६७ गुणा बढी आवेदन हो ।

कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यका ९ लाख कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेको थियो । तर २ लाख ८१ हजार ७५० कित्ताका लागि मात्रै आवेदन परेकाले बाँकी ६ लाख १८ हजार २५० कित्ता सहित गरी कुल १९ लाख ६८ हजार २५० कित्ता साधारण शेयर निष्काशन तथा बिक्री खुला गरेको हो । जसमध्ये २ प्रतिशत अर्थात ३९ हजार ३६५ कित्ता कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ९८ हजार ४१३ कित्ता शेयर सामूहिक लगानी कोषका लागि र बाँकी १८ लाख ३० हजार ४७२ कित्ता सर्वसाधारणका लागि छुट्याएको छ ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै मेरो शेयर एप तथा वेबसाइटबाट पनि आवेदन दिन सकिनेछ ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई इक्रा नेपालले इक्राएनपी आईआर बी प्लस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।


प्रतिक्रिया दिनुहोस्