रामेछापमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु
काठमाडौं । रामेछापबाट काठमाडौं आउँदै गरेको बस दुर्घटनामा परेको छ । बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ ।
रामेछापको सुनापति गाउँपालिका २ हिलेदेविबाट काठमाडौं जाँदै गरेको बा ३ ख ८३९६ न।को यात्रुबाहक बस लुभुघाट नजिकै दुर्घटना भएको हो ।
दुर्घटनामा ४ महिला र ५ जना पुरुष गरी ९ जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी दिपक कुमार पहाडीले जानकारी दिए ।
बसमा करिब ३० जना यात्रुलाई सवार रहेका थिए । २४ जना घाइतेलाई धुलिखेल अस्पताल ल्याइएको छ । गम्भीर घाइते ३ जनालाई भने हेलिकोप्टरबाट काठमाडौं ल्याइएको छ ।













