अर्थसचिव मरासिनी अनिश्चितकालका लागि बिदामा
काठमाडौं । अर्थमन्त्री जनार्दश शर्मा विवादमा तानिएपछि अर्थसचिव मधुकुमार मरासिनी बिदामा बसेका छन् । आजदेखि नै लागू हुने गरी उनी अनिश्चितकालका लागि बिदामा बसेका हुन् ।
बिदा लिनुअघि प्रधानमन्त्री, अर्थमन्त्री शर्मा र मुख्यसचिवलाई उनले जानकारी गराएको बताइएको छ । प्रतिपक्ष नेकपा एमालेलगायतले बजेट आउने अघिल्लो रात अनधिकृत मान्छे मन्त्रालय छिराएर करको दर हेरफेर गरेको विषय उठाउँदै सीसीटीभी फुटेज मागेका थिए । तर, सो फुटेज डिलिट भएको मन्त्रालयको जवाफसँगै अहिले विरोध चर्किएको छ ।












