१५ श्रावण २०८३, शुक्रबार

शर्माले अर्थमन्त्रीको हैसियतले बोल्ने नैतिक धरातल छैन: एमाले



काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्मालाई बहिस्कार गरेको छ । आज सुरु भएको प्रतिनिधि सभाको बैठक लगतै सभामुख अग्निप्रसाद सापकोटाले अर्थमन्त्री शर्मालाई बोल्न समय दिए पनि एमाले सांसदहरुले उठेर विरोध गरेसँगै सभामुखले एमाले सचिव योगेश भट्टराईलाई बोल्न समय दिए ।

सांसद भट्टराईले अर्थमन्त्री शर्मालाई अव अर्थमन्त्रीको हैसियतले बोल्ने नैतिक धरातल नभएको बताएका हुन । ‘यो गरिमामय संसद्मा अर्थमन्त्रीका हिसाब उहाँले बोल्ने कुनै अधिकार उहाँसँग छैन,’ उनले भने,‘उहाँमाथि यो कुनै आरोप मात्रै होइन, यो संसदीय समितिले उहाँको दोष छ कि छैन भनेर प्रमाणित गर्ने होइन, उहाँ दोषमाथि के कारबाही गर्ने हो ।’

अर्थमन्त्री शर्माले राजीनामा वा बर्खास्तीपछि मात्रै बोल्न पाउने भन्दै एमाले सासदले बैठक बहिस्कार गरेका हुन ।