राष्ट्र बैंकबाट नेपाल इन्भेष्टमेण्ट र मेगा बैंकले पायो मर्जरमा जान अन्तिम स्वीकृति - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

राष्ट्र बैंकबाट नेपाल इन्भेष्टमेण्ट र मेगा बैंकले पायो मर्जरमा जान अन्तिम स्वीकृति



काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक र मेगा बैंक नेपाललाई एकापसमा मर्जरमा जानको लागि नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएको छ । बुधबार बसेको राष्ट्र बैंकको सञ्चालक समिति बैठकले मर्जरमा जानको लागि अन्तिम स्वीकृति प्रदान गरेको हो ।

अब कम्पनी रजिष्ट्रारको कार्यालयले स्वीकृति दिएपछि एकीकृत कारोबार प्रक्रिया अघि बढ्नेछ । दुबै बैंकको जेठ ३० गतेबाट शेयर कारोबार रोक्का रहेको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक १००ः९० को अनुपातमा मर्ज हुने गरी जेठ २७ गते सम्झौता भएको हो । मर्जरपश्चात नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नाममा एकीकृत कारोबार हुनेछ । साथै मर्जरपश्चात् बैंकको अध्यक्षमा पृथ्वी महादुर पाण्डे र प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डे बन्ने सम्झौता भएको छ ।


प्रतिक्रिया दिनुहोस्