७ श्रावण २०८३, बिहिबार

अप्पर सोलु हाइड्रोको आईपीओमा अन्तिम दिनसम्म साढे ९ गुणा बढीको आवेदन, १३ लाखको हात रित्तो हुने



काठमाडौं । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडको आइपीओमा अन्तिम दिनसम्म १ अर्ब ७३ करोड रुपैयाँ संकलन भएको छ । सिडिएस एण्ड क्लियरिङको अनुसार बिहिबा अन्तिम दिन साँझ ५ बजेसम्म १५ लाख १८ हजार ५३१ जना आवेदकबाट १ करोड ७३ लाख ५९ हजार ७६० कित्ता बराबरको १ अर्ब ७३ करोड ५९ लाख ७६ हजार रुपैयाँको आइपीओ माग परेको हो । जुन माग भन्दा ९.५३ गुणा बढी हो ।

कम्पनीले असार २० गते, सोमबार देखि सर्वसाधारणका लागि चुक्ता पूँजीको १९ करोड ५७ लाख ५० हजार रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित दरका १९ लाख ५७ हजार ५०० कित्ता शेयर निष्काशन गरेको थियो । जसमध्ये २ प्रतिशत अर्थात ३९ हजार १५० कित्ता कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ९७ हजार ८७५ कित्ता सामूहिक लगानी कोषको लागि र बाँकी १८ लाख २० हजार ४७५ कित्ता शेयर सर्वसाधारण गानीकर्ताका लागि छुट्याइएको थियो ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको शेयरमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार न्युनतम १० कित्ताको दरले शेयर वितरण हुनेछ । त्यस अनुसार एक लाख ८२ हजार ४७ जनाले मात्रै शेयर पाउनेछन् ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपाले कम्पनीलाई इक्राएनपी आईआर डबल बी प्लस रेटिङ्ग प्रदान गरेको छ । यसले दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।


प्रतिक्रिया दिनुहोस्