अपर हेवाखोला हाइड्रोपावरको आईपीओ आजदेखि बिक्री खुला, क-कसले आवेदन दिन पाउँछन् ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

अपर हेवाखोला हाइड्रोपावरको आईपीओ आजदेखि बिक्री खुला, क-कसले आवेदन दिन पाउँछन् ?



काठमाडौं । अपर हेवाखोला हाइड्रोपावर कम्पनीले आज (असार २४ गते) देखि आईपीओ निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले सर्वसाधारणका लागिे १५ लाख कित्ता साधारण शेयर निष्कासन गरेको हो ।

कम्पनीले निष्कासन गरेको कुल शेयरमध्ये २ प्रतिशत अर्थात् ३० हजार कित्ता कर्मचारीहरूका लागि ५ प्रतिशत अर्थात् ७५ हजार कित्ता सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएकोमा र बाँकी १३ लाख ९५ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन । आईपीओमा आवेदन दिने छोटो समय असार २८ गतेसम्म रहेको छ भने उक्त समयसम्म माग बमोजिम आवेदन नपरेमा साउन ६ गतेसम्म आवेदन दिने समय थप गरिने छ ।

कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ सी–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूबाट पनि लगानीकर्ताले आवेदन दिन सक्नेछन् । यसका साथै मेरो शेयरको वेबसाइट तथा एपमार्फत पनि आवेदन दिन सकिनेछ ।

आईपीओबाट प्राप्त हुने रकम आयोजना निर्माणका लागि विभिन्न बैंकहरूबाट लिइएको कर्जा रकमको भुक्तानीमा उपयोग गर्नेछ । कम्पनीलाई केयर रेटिङ नेपाल लिमिटेडले केयर–एनपी डबलबी (आईएस) निष्कासनकर्ता रेटिङ्ग प्रदान गरेको छ । उक्त रेटिङ्गले समयमा वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको जनाउँछ ।


प्रतिक्रिया दिनुहोस्