गोलि लागेर घाइते जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधन
काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधन भएको छ । आज बिहान गोलि प्रहार भइ घाइते आबेको अस्पतालमा मृत्यु भएको हो ।
चुनावी अभियान अन्तर्गत आज बिहान नारा शहरको सडकमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गरिरहेको बेला ६७ वर्षका आबेमाथि गोली प्रहार भएको थियो । गोली लागेपछि बेहोस भएका उनको उपचारकै क्रममा मृत्यु भएको हो ।
आबेले सन् २०२० मा प्रधानमन्त्री पद छाडेका थिए ।













