१५ श्रावण २०८३, शुक्रबार

प्रेम राई परिक्षितका एकैसाथ ५ पुस्तक लोकार्पण



काठमाडौं । कवि,गीतकार, बाल साहित्यकार तथा प्याव्सन काठमाडौंका अध्यक्ष प्रेम राई परिक्षितका ५ पुस्तक एकैसाथ लोकार्पण गरिएको छ । शनिवार नेपाल प्रज्ञा प्रतिष्ठान काठमाडौंमा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, गीतकार कृष्ण हरि बराल, साहित्यकार अनन्त वाग्ले,डा यज्ञेश्वर निरौला लगायतले पुस्तक लोकार्पण गरेका हुन् ।

कार्यक्रममा गीतकार कृष्णहरि बरालले परिक्षितकाका गीति सङ्ग्रह मेरो गीत मेरो प्रतिविम्वमा वियोगका भाव मात्र हैन गीतमा मानिस मानिस बन्न नसकेको र मानवतावादी गीतहरू रहेको बताए । त्यस्तै डा भोला रिजालले परिक्षितका गीत सङ्ग्रहको समीक्षा गरेका थिए । कविता कृति माथि कवि विना थिङले समिक्षात्मक टिप्पणी गरे । साथै लोकार्पित बाल साहित्यका कृतिहरूबारे भने साहित्यकार अनन्त वाग्ले र शान्ति सापकोटाले समिक्षात्मक टिप्पणी गरेका थिए ।

साहित्यकार अनन्त वाग्लले अबका बालगीतहरूले अंग्रेजी गीतहरू जोनी जोनी एस् पापा, हेप्पी बर्थ डेु लगायतका गीतहरू विस्थापित गर्ने क्षमता राख्नु पर्नेमा जोड दिए । कार्यक्रममा विन्दु अधिकारी ढकालले कवि परिक्षितका कविता वाचन गरेका थिए । कुलपति गंगाप्रसाद उप्रेतीले परिक्षितको क्षमताको प्रशंसा गरे ।

कार्यक्रममा उपस्थित व्यक्तित्वहरूलाई लेखक परिक्षितले ५ वटै कृति मोबाइलमा टाइप गरेर प्रकाशनमा ल्याइएको बताए । खोताङको सिम्पानीमा जन्मेका परिक्षित नेपाली साहित्य र शिक्षण पेसामा आवद्ध छन् । यस अघि राईका ३ साहित्यिक कृति प्रकाशित छन् । पुस्तकहरू ईर्टनल प्रकाशन प्रा।लि।ले प्रकाशनमा ल्याएको हो । पुस्तकको मूल्य सपना उड्छ माथि माथि सपनाहरूको प्रतिस्पर्धा,रेल यात्रा, मेरो गीत मेरो प्रतिविम्व र दि वन्डरफुल वर्ल्डु रहेका छन् ।

लोकार्पित पुस्तकहरू सपना उड्छ माथि माथि, रू १४५र सपनाहरूको प्रतिस्पर्धा कविता सङ्ग्रहको रू। ३७५र( ,रेल यात्रा बाल गीत सङ्ग्रह रू १५५र , मेरो गीत मेरो प्रतिविम्व गीत सङ्ग्रह रू ३५५र र दि वन्डरफुल वर्ल्डु अंग्रेजी बाल कविता सङ्ग्रह को रू १७५र रहेका छन् । लोकार्पणको अवशर पारेर प्रकाशन गृहले सबै पुस्तकमा २० प्रतिशत छुटमा विक्रि गरेका थिए ।