१५ श्रावण २०८३, शुक्रबार

पछिल्लो २४ घण्टामा १२१ जना कोरोना संक्रमण पुष्टि



काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप १२१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

३ हजार ४५ जनाको नमुना परीक्षण गर्दा आरटी पिसिआर विधिबाट १०४ र एन्टिजेन विधिमार्फत १७ जनामा कोरोना पुष्टि भएको हो । सबैभन्दा धेरै संक्रमित काठमाडौँमा ७२ जनामा कोरोना संक्रमण देखिएको छ ।

यससँगै कोरोनाको सक्रिय संक्रमितको संख्या ६७८ पुगेको छ । पछिल्लो २४ घण्टाको अवधिमा कसैको पनि कोरानाको कारण मृत्यु भने भएको छैन ।