फेरी बढायो सरकारले सार्वजनिक यातायातको भाडा, कुन ठाउँ जान कति ?
काठमाडौं ः सरकारले सार्वजनिक सवारीको भाडादर फेरी बढाएको छ । यातायात व्यवस्था विभागले असार २७ देखि नै लागू हुने गरी अन्तर प्रदेशको भाडा बढाएको हो ।
यातायात व्यवस्था विभागले जारी गरेको सूचना अनुसार यात्रुबाहक सवारीमा १.७९ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा २.३४ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने सवारी साधनमा २.६ प्रतिशत ले भाडा बढाएको जनाएको छ ।
नेपाल आयाल निगमले असार २० गते डिजेलको मूल्यमा एकै पटक ९ रुपैयाँ बढाएपछि सरकारले गाडी भाडा समेत बढाउने निर्णय लिएको हो । इन्धनको मूल्य थपघटका आधारमा एकै पटक ५ प्रतिशतले बढेमा वा घटेमा भाडा समायोजना गर्ने नीति रहेको समेत विभागले जनाएको छ ।













