तपाईलाई अपर सोलु हाइड्रोको आईपीओ पर्यो कि ? यी ४ तरिकाबाट हेर्न सकिन्छ रिजल्ट
काठमाडौं । अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले निष्काशन गरेको आईपीओ बाँडफाँट भएको छ । कम्पनीले सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओ विक्री प्रबन्धक एनएमबी क्यापिटलमा बिहीवार बिहान बाँडफाँड गरेको हो ।
कम्पनीले सर्वसाधारणका लागि असार २० गतेदेखि २३ गतेसम्म १८ लाख २० हजार ४७५ कित्ता आईपीओ सार्वजनिक निष्कासन गरेको थियो । विक्री प्रबन्धकका अनुसार उक्त आईपीओ खरिदका लागि १४ लाख ४६ हजार ९८५ जनाले १ करोड ६१ लाख ८६ हजार ५ सय ५० कित्ताको लागि आवेदन दिएका थिए । जसमध्ये १ हजार ७ सय ९१ जनाको आवेदन रितपूर्वक नभएकाले रद्द गरिएको छ । रितपूर्वक आवेदन दिएका योग्य १४ लाख ४५ हजार १९४ जना आवेदकहरूलाई गोलाप्रथामा समावेश गराएर आईपीओ बाँडफाँड गरिएको हो ।
हालको बाँडफाँटको व्यवस्था अनुसार पहिलो चरणमा १ लाख ८२ हजार ४७ जनालाई १० कित्ता शेयर बाँडफाँट गरिएको छ । यसरी बाँडफाँट गरी बाँकी रहेको ५ कित्ता शेयर थप पाँच जनालाई १–१ कित्ताका दरले बाँडफाँट गरिएको छ । यसरी हेर्दा ५ जना आवेदकले ११ कित्तासम्म शेयर हात पारेका छन् । यस आईपीओमा आवेदन दिएकामध्ये १२ लाख ६४ हजारभन्दा बढी आवेदकको हात रित्तो भएको छ ।
कसरी हेर्ने रिजल्ट
कम्पनीको आईपीओ बाँडफाँट सम्पन्न भैसकेपछि विभिन्न तरिकाबाट रिजल्ट हेर्न सकिन्छ । कम्पनीको आईपीओको रिजल्ट हेर्न सिडिएस एण्ड क्लियरिङ लिमिटेडले सञ्चालनमा ल्याएको वेभसाइट https://iporesult.cdsc.com.np/ बाट, निष्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलको वेभसाइट http://www.nmbcl.com.np/ र अपर सोलु हाइड्रोको वेभसाइट www.ushec.com.np र मेरो शेयर https://meroshare.cdsc.com.np/#/login मा गएर हेर्न सकिन्छ ।













