मुक्तिनाथ क्यापिटलको हकप्रद शेयर बिक्री खुला
काठमाडौं । मुक्तिनाथ क्यापिटलको हकप्रद शेयर बिक्रीमा ल्याएको छ । क्यापिटलले आज (साउन १ गते) देखि उक्त हकप्रद शेयर विक्री खुला गरेको हो ।
क्यापिटलको कार्तिक २३ गते सम्पन्न विशेष साधारण सभाबाट पारित १ शेयर बराबर १ शेयरको अनुपातमा प्रतिशेयर १०० रुपैयाँ अंकित दरको २० लाख २५ हजार कित्ता हकप्रद शेयर विक्री खुला भएको हो ।
उक्त हकप्रद शेयरमा भदों ५ गतेसम्म आवेदन दिन सक्नेछन् ।














