१६ श्रावण २०८३, शनिबार

सेयर बजार दोहोरो अंकले बढ्यो, लगानीकर्ताको नजर मौद्रिक नितीतर्फ



काठमाडौं । सोमबार सेयर बजारमा डबल अंकको सुधार आएको छ । आइतबार घटेको सेयर बजार सोमबार भने १८.०३ प्रतिसतले बढेको हो । आज साउन २ गते मौद्रिक निती आउने हल्लाले बजार बढेको हुनसक्ने लगानीकर्ताहरुले बताएका छन् ।

नेपाल राष्ट्र बैंकले मौद्रिक निती ठिक्क पारेर बसेको छ । मौद्रिक नितीले बजारलाई केही सहज गर्ने हल्लाले बजार बढेको हो । अशिले बैंकहरुमा पनि तरलता बढी रहेको अवस्थामा पोजेटिभ भाइब्रेन्टले पनि बजार बढेको हो ।

सोमबार नेप्से १८.०३ अंकले बढेर २०२९.४३ बिन्दुमा पुगेको छ । सोमबार १ अर्ब ३१ करोड २९ लाख ६२ हजार ९५९ २११ रुपैयाको कारोवार भएको छ । विभिन्न कम्पनीका ३१ लाख ४२ हजार ४०२ कित्ता कारोबार भएको छ ।

सेयर बजारमा बैंकिङ समुहमा झिनो सुधार आउँदा अन्य समुहको सेयरमा दोब्बर अंकले सुधार आएको छ । बैंकिङ समूहको २.०१, विकास बैंक ३२.०३, वित्त कम्पनी २२.५२, जलविद्युत २६.८३, जीवन बीमा ११७.०६, उत्पादन तथा प्रशोधन ३७.७२, माइक्रोफाइनान्स ३०.२९, निर्जीबन बीमा समूहको उपसूचक १०८.४९ बिन्दुले बढेको छ ।