तपाईलाई पर्यो कि ? यी ४ तरिकाबाट हेर्नुस् राप्ती हाइड्रोको आईपीओ रिजल्ट - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

तपाईलाई पर्यो कि ? यी ४ तरिकाबाट हेर्नुस् राप्ती हाइड्रोको आईपीओ रिजल्ट



काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको आइपीओ आज (साउन ९ गते) शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालय नक्साल काठमाडौंमा बिहान आइपीओ बाँडफाँट सम्पन्न भएको हो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेको शेयरमा बाँकी रहेको ३७ हजार ६२३ कित्तासहित २३ लाख ६६ हजार २४० कित्ता साधारण शेयर निष्काशन गरेको थियो । निष्काशन गरिएको कुल शेयरमध्ये ३ प्रतिशत अर्थात ७० हजार ९८८ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १ लाख १८ हजार ३१२ कित्ता सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ । बाँकी रहेको २१ लाख ७६ हजार ९४० कित्ता शेयर मात्रै सर्वसाधारणको लागि वितरण हुनेछ ।

कम्पनीको शेयरमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार न्युनतम १० कित्ताको दरले शेयर वितरण भएको थियो । त्यस अनुसार २ लाख १७ हजार ६९४ जनाले मात्रै शेयर पाएका छन् । बाँकी १३ लाख २० हजार ९९४ जनाको भने हात खाली भएको हो ।

रेटिङ एजेन्सी कियर नेपालले राप्ती हाइड्रोको आइपीओलाई ‘कियरएनपी इस्यूअर रेटिङ बी’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको जनाउँछ । यो आइपीओमा सिद्धार्थ क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

यसरी हेर्न सकिन्छ नतिजा

कम्पनीको आईपिओ नतिजा प्रकाशन भएपछि विभिन्न ४ तरिकाबाट हेर्न सकिने छ ।
सडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइट:  https://iporesult.cdsc.com.np/  
बिक्रि प्रबन्धकसिद्धार्थ क्यापिटलको वेबसाइटः  https://www.siddharthacapital.com/ 
राप्ती हाइड्रो कम्पनीको वेबसाइटः https://www.raptihydro.com.np/  
सिडीएससीको मेरोशेयरको वेबसाइटः meroshare.cdsc.com.np/#/login


प्रतिक्रिया दिनुहोस्