सुधारिएको शेयर बजारमा यी कम्पनीको भयो सर्वाधिक कारोबार - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

सुधारिएको शेयर बजारमा यी कम्पनीको भयो सर्वाधिक कारोबार



काठमाडौं । साताको अन्तिम कारोबारको दिन शेयर बजारमा सुधार देखिएको छ । यो साताको तेस्रो कारोबार दिन मात्र भारी गिरावट आएको शेयर बजारमा अरु दिन भने सुधार तिर नै शेयर बजार लम्किएको छ ।

शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १२.९२ अकंले बढेर २१४०.३९ बिन्दुमा बन्द भएको छ । बिहिबार भने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १५.४४ अकंले बढेर २१२७.४२ बिन्दुमा बन्द भएको थियो ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २१६ कम्पनीको ५१ लाख ११ हजार ३१० कित्ता शेयर किनबेच हुदाँ २ अर्ब १९ करोड १६ लाख १९ हजार ९१४ रुपैयाँको कारोबार भएको हो । अघिल्लो कारोबारको दिन भने पूँजी बजारमा नेप्सेमा सूचीकृत २२१ कम्पनीको १ करोड १९ लाख ५५ हजार ७६ कित्ता शेयर किनबेच हुदाँ ४ अर्ब ९७ करोड ६४ लाख ३३ हजार १०५ रुपैयाँको कारोबार भएको थियो ।

नेप्सेमा सुधार आउँदा शिव्म सिमेन्टको शेयर सर्वाधिक कारोबार भएको छ । कम्पनीको आज १२ करोड ८६ लाख ४९ हजार रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, लुम्बिनी विकास बैंकको ९ करोड ३४ लाख ३ हजार रुपैयाँ, सिटिजन्स इन्भेष्टमेन्ट ट्रस्टको ७ करोड ७९ लाख ६४ हजार रुपैयाँ, माहालक्ष्मी विकास बैंकको ६ करोड ८ लाख २१ हजार रुपैयाँ र गोर्खास फाइनान्सको ५ करोड ९६ लाख ३३ हजार रुपैयाँको कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्