२ कम्पनीको शेयरमा सर्किट, यी लगानीकर्ताले सर्वाधिक कमाए
काठमाडौं । साताको अन्तिम दिन शेयर बजारमा सुधार आएको आएको छ । बिहीबार शेयर बजारमा १५.४४ अंकले बढेको २१२७.४२ मा बन्द भएको थियो । आज १२.९२ बढेर २१४०.३४मा कारोबार बन्द भएको छ , २१५ कम्पनीको ५१ लाख ११ हजार ३१० कित्ता शेयर किनबेच हुदाँ २ अर्ब १९ करोड १६ लाख १९ हजार ९ सय १४ रुपैंयाको कारोबार भएको छ ।
नेप्सेमा सुधारिदा आज २ कम्पनीको शेयरमा सर्किट लागेको छ । राष्टिय उत्थान लघुवित्त , रिलायन्स लाईफ इन्सुरेन्सको शेयरमा सर्किट लागेको हो ।














