यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए
काठमाडौं । साताको अन्तिम दिन शेयर बजारमा सुधार आएको आएको छ । बिहीबार शेयर बजारमा १५.४४ अंकले बढेको २१२७.४२ मा बन्द भएको थियो । आज १२.९२ बढेर २१४०.३४मा कारोबार बन्द भएको छ , २१६ कम्पनीको ५१ लाख ११ हजार ३१० कित्ता शेयर किनबेच हुदाँ २ अर्ब १९ करोड १६ लाख १९ हजार ९ सय १४ रुपैंयाको कारोबार भएको छ ।
शुक्रबार बु्द्धभुमि नेपाल हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । कम्पनीको शेयर ३.४८ प्रतिशतले घटेको हो । साथै, जोशी हाइड्रोपावरको २.५६ प्रतिशत, लिबेट्री इनर्जिको २.५० प्रतिशत र ग्लोबल आइएमई समुन्नतीको २.४१ प्रतिशतले शेयर घटेको हो ।














