नेप्से १२.९२ अकंले उकालो लाग्दा १० उपसूचकमा हरियाली, कारोबार २ अर्ब माथि
काठमाडौं । शुक्रबार शेयर बजारमा सुधार देखिएको छ । साताको अन्तिम कारोबारको दिन पनि शेयर बजारमा सुधार देखिएको छ । यो साताको सुरुको २ दिन छलाङ आएको शेयर बजार तेस्रो कारोबारको दिन राताम्य भएको थियो । त्यस यताका ३ वटै कारोबारको दिन शेयर बजार सकारात्मक सुधार देखिएको हो ।
नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९।०८० को मौद्रिक नीति सार्वजनिक गरेसँगै लगानीकर्ताका केही माग सम्बोधन भएसँगै शेयर बजारमा सुधार देखिएको हो । अब शेयर बजार निरन्तर सुधार तिर लम्कि रहने विज्ञहरुको भनाइ रहेको छ ।
शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १२.९२ अकंले बढेर २१४०.३९ बिन्दुमा बन्द भएको छ । बिहिबार भने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १५.४४ अकंले बढेर २१२७.४२ बिन्दुमा बन्द भएको थियो ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २१६ कम्पनीको ५१ लाख ११ हजार ३१० कित्ता शेयर किनबेच हुदाँ २ अर्ब १९ करोड १६ लाख १९ हजार ९१४ रुपैयाँको कारोबार भएको हो । अघिल्लो कारोबारको दिन भने पूँजी बजारमा नेप्सेमा सूचीकृत २२१ कम्पनीको १ करोड १९ लाख ५५ हजार ७६ कित्ता शेयर किनबेच हुदाँ ४ अर्ब ९७ करोड ६४ लाख ३३ हजार १०५ रुपैयाँको कारोबार भएका
नेप्सेमा सुधार भइरहदाँ आज १० उपसूचकमा हरियाली छाएको छ । शुक्रबार बैंकिङ समूहको ०.२४ प्रतिशत, ब्यापार समूहको ०.१६ प्रतिशत, होटल तथा पर्यटन समूहको ४.२६ प्रतिशत, विकास बैंक समूहको ४.६१ प्रतिशत, फाइनान्स समूहको ०.९२ प्रतिशत, कम्यानुफ्याक्ट्ररिङ एण्ड प्रोसेसिङ समूहको ०.६५ प्रतिशत, अन्य समूहको १.५६ प्रतिशत, माइक्रोफाइनान्स समूहको ०.४१ प्रतिशत, जीवन बीमा समूहको ०.०८ प्रतिशत र इन्भेष्टमेन्ट समूहको ०.८८ प्रतिशतले शेयर मूल्य बढेको हो । त्यस्तै, हाइड्रोपावर समूहको ०.३७ प्रतिशत, निर्जीवन बीमा समूहको ०.१७ प्रतिशत र म्युचुअल फण्ड समूहको ०.८२ प्रतिशतले शेयर मूल्य घटेको हो ।













