हिमालयन दोलखा हाइड्रोपावरको शेयर कारोबार रोक्का, यस्तो छ कारण - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

हिमालयन दोलखा हाइड्रोपावरको शेयर कारोबार रोक्का, यस्तो छ कारण



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले हिमालयन दोलखा हाइड्रोपावर कम्पनीको शेयर कारोबार रोक्का गरेको छ । नेप्सेले आज कम्पनीको कारोबार रोक्का गरेसँगै सपष्टिकरण माग गरेको छ ।

शुक्रवार कारोबार समयभित्र बोर्ड बैठक गरेको र बुक क्लोज दिनभन्दा ७ दिनअघि सूचना नदिएको भन्दै नेप्सेले कम्पनीको कारोबार रोक्का गरेको जनाएको छ । शुक्रबार बिहान ११ बजे बसेको कम्पनीको बोर्ड बैठकले ७५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको थियो । सो प्रस्ताव पारित गर्न कम्पनीले भदौ ३ गते साधारणसभा बोलाएको छ ।

साधारणसभा प्रयोजनको लागि कम्पनीले साउन १९ गते बुक क्लोज गर्ने जनाएको छ । तर, यसको सूचना साउन १४ गते मात्रै दिएको थियो । सोहि कारण ७ दिन भित्र सूचना नदिएको भन्दै कम्पनीको शेयर कारोबार रोक्का भएको हो ।


प्रतिक्रिया दिनुहोस्