आइतबार साढे ४ अर्बको कारोबार हुदाँ यी कम्पनीको भयो सर्वाधिक - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

आइतबार साढे ४ अर्बको कारोबार हुदाँ यी कम्पनीको भयो सर्वाधिक



काठमाडौं । साताको पहिलो कारोबारको दिन शेयर बजारमा आकर्षक सुधार देखिएको छ । अघिल्लो साताको अन्तिम कारोबारको दिन झिनो सुधार भएर बन्द भएको शेयर बजार यो साताको सुरुवात मै छलाङ आएको हो ।

आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५४.५८ अकंले बढेर २१९५.१० बिन्दुमा बन्द भएको छ । शुक्रबार भने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १२.९२ अकंले बढेर २१४०.३९ बिन्दुमा बन्द भएको थियो ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२० कम्पनीको १ करोड १३ लाख ३९ हजार ४८६ कित्ता शेयर किनबेच हुदाँ ४ अर्ब ६० करोड ९९ लाख ७१ हजार २७१ रुपैयाँको कारोबार भएको हो । अघिल्लो कारोबारको दिन भने पूँजी बजारमा नेप्सेमा सूचीकृत २१६ कम्पनीको ५१ लाख ११ हजार ३१० कित्ता शेयर किनबेच हुदाँ २ अर्ब १९ करोड १६ लाख १९ हजार ९१४ रुपैयाँको कारोबार भएको थियो ।

नेप्सेमा आकर्षक सुधार आउँला आज सिमेन्ट सिमेन्टको शेयर सर्वाधिक कारोबार भएको छ । कम्पनीको आज २१ करोड ३४ लाख १६ हजार रुपैयाँको कारोबार भएको हो ।

त्यस्तै, नेपाल टेलिकमको १५ करोड २३ लाख २० हजार रुपैयाँ, एशियन लाइफ इन्स्योरेन्सको ११ करोड ५४ लाख ७४ हजार रुपैयाँ, हिमालयन डिस्टलरीको १० करोड ३७ लाख ७३ हजार रुपैयाँ र नेशनल हाइड्रोपावरको ९ करोड ७९ लाख १३ हजार रुपैयाँको कारोबार भएको हो ।


प्रतिक्रिया दिनुहोस्