छुट्नु होला है: सयपत्री हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

छुट्नु होला है: सयपत्री हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन



कामठमाडौं । सयपत्री हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने आज (साउन १७ गते) अन्तिम दिन रहेको छ । कम्पनीले १३ गतेदेखि सर्वसाधारणका लागि आयोजना प्रभावित स्थानीयले नकिनेको १ लाख २१ हजार ६० कित्तासमेत थप गरी कुल ७ लाख २१ हजार ६० कित्ता सेयर निष्कासन गर्न लागेको हो ।

जस मध्ये ५ प्रतिशत अर्थात ३६ हजार ५३ कित्ता सेयर समूहिक लगानी कोष र २ प्रतिशत अर्थात १४ हजार ४२१ कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी ६ लाख ७० हजार ५८३ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिनसक्ने कम्पनीले जानकारी गराएको छ ।

प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम ३० हजार कित्तासम्म आवेदन दिन सकिन्छ । आइपीओमा सी–आस्वा सदस्य रहेका सबै बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ । साथै, मेरोसेयरमार्फत अनलाइनबाट पनि आवेदन दिन सकिनेछ । यो आइपीओमा बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल रहेको छ ।

रेटिङ एजेन्सी केयर रेटिङ नेपालले ‘केयरएनपी डबल बी आइएस’ रेटिङ दिएको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।


प्रतिक्रिया दिनुहोस्