नेप्सेमा एक कम्पनीको २० प्रतिशत बोनस शेयर सूचीकृत - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

नेप्सेमा एक कम्पनीको २० प्रतिशत बोनस शेयर सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । मंगलबार सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडको २० प्रतिशत बोनस शेयर बापतको २२ लाख २२ हजार ७१५ कित्ता शेयर सूचीकृत भएको हो ।

कम्पनीले आर्थिक वर्ष २०७७।९७८ को मुनाफाबाट शेयरधनीहरुलाई २० प्रतिशत बोनस शेयर र १.०५२६ प्रतिशत नगद लाभांश गरि कुल २१.०५२६ प्रतिशत लाभांश वितरण गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्