१७ श्रावण २०८३, आइतबार

लक्ष्मी क्यापिटलले आजदेखि ‘शुभलक्ष्मी कोष’खुल्लामुखी म्युचुअल फण्ड निष्काशन गदै



काठमाडौं । लक्ष्मी क्यापिटल लिमिटेडले आजदेखि सर्वसाधारण लगानिकर्ताको लागि ‘शुभलक्ष्मी कोष’नामक खुल्लामुखी म्युचुअल फण्ड निष्कासन गरेको छ ।

क्यापिटलले लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने गरी प्रतिइकाई १० रुपैयाँ अंकित दरका ५० करोड रुपैयाँ बराबरको ५ करोड इकाईहरु निष्कासन गरेको हो । जसमध्ये १५ प्रतिशत इकाई कोष प्रवद्धक लक्ष्मी बैंकले बिज पुँजीको रुपमा लगानी गर्नेछ भने बाँकी रहेको ४ करोड ७५ लाख इकाई मध्ये पहिलो चरणमा सर्वसाधारणका लागि १ करोड ७५ लाखइकाई बिक्री खुल्ला गरेको छ ।

सर्वसाधारणले न्यूनतम १०० इकाई देखि अधिकतम ५० लाख इकाईसम्म आवेदन दिन मिल्नेछ । साउन १९ गते आज, बिहीबार बाट निष्कासन भएको यो फण्डमा लगानीकर्ताले छिटोमा साउन २३ गतेसम्म र ढिलोमा भदौ २ गते सम्म धितोपत्र बोर्डबाट अनुमति लिएका बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरबाट पनि आवेदन दिन सक्नेछन् ।बिक्री प्रबन्धकको कार्यलक्ष्मी क्यापिटल लिमिटेड रहनेछ ।