ओरालो लागेको शेयर बजारमा यी १० कम्पनीको भयो सर्वाधिक कारोबार
काठमाडौं । साताको पहिलो दिन सुधार भएको शेयर बजार फेरी ओरालो लागेको छ । अघिल्लो साताको ओरालो लागेको शेयर यो साताको पहिलो दिन मै केही सकारात्मक सूचक देखा पर्दा उत्साहित लगानीकर्ताको उत्साह १ दिन मै सिमित भएको छ ।
सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १७.६७ बिन्दुमा बन्द भएको छ । आइतबार भने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १०.२७ अकंले बढेर २१२३.८२ बिन्दुमा बन्द भएको थियो ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २१४ कम्पनीको ६५ लाख २७ हजार ४१४ कित्ता शेयर किनबेच हुदाँ २ अर्ब ८५ करोड ७० लाख ७२ हजार ९६१ रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबारको दिन भने पूँजी बजारमा नेप्सेमा सूचीकृत २१९ कम्पनीको ६१ लाख ६ हजार ५२१ कित्ता शेयर किनबेच हुदाँ २ अर्ब ६७ करोड ३३ लाख ३८ हजार २३२ रुपैयाँको कारोबार भएको थियो ।
आज नेप्से ओरालो लाग्दा शिवम् सिमेन्टको शेयर सर्वाधिक कारोबार भएको छ । कम्पनीको आज २० करोड ७१ लाख ६८ हजार रुपैयाँको कारोबार भएको छ ।
त्यस्तै, नबिल बैंकको १० करोड ८५ लाख ४३ हजार रुपैयाँ, सिटिजन्स इन्भेष्टमेन्ट ट्रष्टको ८ करोड २१ लाख २८ हजार रुपैयाँ, नेशनल हाइड्रोपावरको ७ करोड ६५ लाख ९१ हजार रुपैयाँ र हिमालयन डिस्टलरीको ७ करोड १८ लाख ४४ हजार रपैयाँको कारोबार भएको हो ।














