शुभ लक्ष्मी म्युचुअल फन्डमा आवेदन दिने समय लम्बियो
काठमाडौं । लक्ष्मी क्यापिटलले बिक्री खुला गरेको खुलामुखी म्युचुअल फन्डमा आवेदन दिने समय थप गरेको छ । साउन १९ गतेदेखि निष्कासन गरेकोमा आवेदन दिन म्याद साउज २३ गतेसम्म भएपनि सो समयमा माग अनुसारको आवेदन नपरेपछि आवेदन दिने समय भदौ २ गतेसम्म लम्बिएको हो ।
क्यापिटलले लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने गरी प्रतिइकाई १० रुपैयाँ अंकित दरका ५० करोड रुपैयाँ बराबरको ५ करोड इकाईहरु निष्कासन गरेको हो । जसमध्ये १५ प्रतिशत इकाई कोष प्रवद्धक लक्ष्मी बैंकले बिज पुँजीको रुपमा लगानी गर्नेछ भने बाँकी रहेको ४ करोड ७५ लाख इकाई मध्ये पहिलो चरणमा सर्वसाधारणका लागि १ करोड ७५ लाखइकाई बिक्री खुल्ला गरेको छ ।
सर्वसाधारणले न्यूनतम १०० इकाई देखि अधिकतम ५० लाख इकाईसम्म आवेदन दिन मिल्नेछ । साउन १९ गते बिहीबार बाट निष्कासन भएको यो फण्डमा लगानीकर्ताले भदौ २ गते सम्म धितोपत्र बोर्डबाट अनुमति लिएका बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरबाट पनि आवेदन दिन सक्नेछन् ।बिक्री प्रबन्धकको कार्यलक्ष्मी क्यापिटल लिमिटेड रहनेछ ।













