एनएमबि सुलभ इन्भेष्टमेण्ट फण्ड २ ले बिहीवारदेखि इकाई विक्री खुला गर्दै - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

एनएमबि सुलभ इन्भेष्टमेण्ट फण्ड २ ले बिहीवारदेखि इकाई विक्री खुला गर्दै



काठमाडौं । एनएमबि सुलभ इन्भेष्टमेण्ट फण्ड २ ले बिहीवार (साउन २६ गते) देखि इकाई विक्री खुला गर्ने भएको छ । एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित हुने एनएमबि सुलभ इन्भेष्टमेण्ट फण्ड २ ले १२ करोड इकाइ बिक्री गर्ने लागेको हो ।

जसमध्ये १ करोड ६८ लाख इकाई वा कुल बिक्री भएको इकाईको १४ प्रतिशत कोष प्रवर्द्धक एनएमबि बैंक तथा १२ लाख इकाई वा १ प्रतिशत योजना व्यवस्थापक एनएमबि क्यापिटललाई सुरक्षित गरिएको छ । बाँकी १० करोड २० लाख इकाई सर्वसाधारणका लागि बिक्री खुला गर्न लागिएको हो ।

यस इकाईमा साउन ३१ गतेसम्म आवेदन दिन सकिनेछ भने सो अवधि भित्र माग अनुसारको आवेदन नपरेको खण्डमा भदौ ९ गतेसम्म खुला रहनेछ । यसमा प्रतिइकाई १० रुपैयाँको दरले आवेदन दिन सकिनेछ ।

न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड २० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक एनएमबि क्याबिपटल लिमिटेड रहेको छ । साथै आवेदकले मेरो शेयर एपमार्फत इकाईका लागि आवेदन दिन सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्