निरन्तर ओरालो लागेको शेयर बजारमा यी कम्पनीको भयो सर्वाधिक कारोबार - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

निरन्तर ओरालो लागेको शेयर बजारमा यी कम्पनीको भयो सर्वाधिक कारोबार



काठमाडौं । साताको पाँचौ कारोबारको दिन समेत शेयर बजार ओरालो लागेको छ । साउनको दोस्रो साता छलाङ आएको शेयर बजारमा त्यस उताका २ साता भने शेयर बजार ओरालो लागेको हो ।

बिहिबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १९.०६ अकंले घटेर २०३७.८३ बिन्दुमा बन्द भएको छ । बुधबार भने नेपाल स्टक एक्सचेञ्ज ५.११ अकंले ओरालो लागेर २०५७.६८ बिन्दमा बन्द भएको थियो ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२३ कम्पनीको ६२ लाख ९८ हजार ६३८ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ७६ करोड १० लाख २३ हजार ३८ रुपैयाँको कारोबार भएको हो । अघिल्लो कारोबारको दिन भने पूँजी बजारमा नेप्सेमा सूचीकृत २१८ कम्पनीको ४६ लाख ४० हजार ८४४ कित्ता शेयर किनबेच भएको थियो ।

नेप्से ओरालो लाग्दा आज सिवम् सिमेन्टको शेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको आज ७ करोड २७ लाख ९४ हजार रुपैयाँको कारोबार भएको हो ।

त्यस्तै, हिमालयन डिस्टलरीको ६ करोड १२ लाख १५ हजार रुपैयाँ, नेष्डो समृद्ध लघुवित्तको ५ करोड ४६ लाख ९७ हजार रुपैयाँ, हिमालयन एभरेष्ट इन्स्योरेन्सको ४ करोड ६१ लाख ५१ हजार रुपैयाँ र नबिल बैंकको ४ करोड ५१ लाख १५ हजार रुपैयाँको कारोबार भएको हो ।


प्रतिक्रिया दिनुहोस्