शेयर बजारमा निराशा कायमै, कारोबार खुम्चिएर १ अर्ब ७६ करोडमा झर्दा १२ उपसूचक राताम्म - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

शेयर बजारमा निराशा कायमै, कारोबार खुम्चिएर १ अर्ब ७६ करोडमा झर्दा १२ उपसूचक राताम्म



काठमाडौं । निरन्तर ओरालो लागेको शेयर बजार आज पनि ओरालो लाई निरन्तरता दिएको छ । शेयर बजार ओराला लाग्दा नेप्से परिसूचक समेत घटि रहेको छ । साउनको दोस्रो साता छलाङ आएको शेयर बजारमा त्यस उताका २ साता भने शेयर बजार ओरालो लागेको हो ।

नेप्से निरन्तर ओरालो लागि रहेदाँ कारोबार समेत खुम्चिरहेको छ । लगानीकर्ता अझै पनि लगानी गर्ने डराइ रहेको अवस्था छ । शेयर बजार मौद्रिक नीति पछि सुधार तिर लम्किने केही शेयर विज्ञहरुको भनाइ समेतले फेल खाएको छ । विभिन्न बैैंक तथा वित्तीय संस्थाको निक्षेप घट्दा त्यसको असर शेयर बजारमा पुगेको आकंलन गरीएको छ ।

बिहिबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १९.०६ अकंले घटेर २०३७.८३ बिन्दुमा बन्द भएको छ । बुधबार भने नेपाल स्टक एक्सचेञ्ज ५.११ अकंले ओरालो लागेर २०५७.६८ बिन्दमा बन्द भएको थियो ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२३ कम्पनीको ६२ लाख ९८ हजार ६३८ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ७६ करोड १० लाख २३ हजार ३८ रुपैयाँको कारोबार भएको हो । अघिल्लो कारोबारको दिन भने पूँजी बजारमा नेप्सेमा सूचीकृत २१८ कम्पनीको ४६ लाख ४० हजार ८४४ कित्ता शेयर किनबेच भएको थियो ।

आज नेप्से ओरालो लाग्दा १२ उपसमूहकमा राताम्य भएको छ । आज बैंकिङ समूहको ०.२३ प्रतिशत, ब्यापार समूहको ०.०१ प्रतिशत, होटल तथा पर्यटन समूहको १.८ प्रतिशत, विकास बैंक समूहको १.६ प्रतिशत, हाइड्रोपावर समूहको १.२८ प्तिशत, फाइनान्स समूहको २.३८ प्रतिशत, निर्जीवन बीमा समूहको ०.८६ प्रतिशत, म्यानुफ्याक्ट्ररिङ एण्ड प्रोसेसिङ समूहको १.५२ प्रतिशत, अन्य समूहको १.७८ प्रतिशत, माइक्रोफाइनान्स समूहको ०.७३ प्रतिशत, जीवन बीमा समूहका् ०.७ प्रतिशत र इन्भेष्टमेन्ट समूहको १.७९ प्रतिशतले शेयर मूल्य घटेको हो । साथै म्युचुअल फण्डको शेयर मूल्य भने ०.४६ प्रतिशतले बढेको हो ।


प्रतिक्रिया दिनुहोस्